जुम्लाबाट संघीय चुनाव जित्ने ज्ञानेन्द्र शाहीको ठोकुवा

जुम्ला ः आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा उम्मेदवारी घोषणा गरेर ज्ञानेन्द्र शाहीले संघको चुनाव जित्ने ठोकुवा गरेका छन् । उनले आफूलाई काँग्रेस, एमाले, माओवादी, समाजवादी सबै पार्टीका नेता तथा आफन्तले भोट दिने वचन दिएपछि चुनाव जित्ने ठोकुवा गरेको बताए ।
अरु पार्टीले उम्मेदवार टुंगो लगाउनु अघि उनले यहाँका आठ वटै स्थानीयका गाउँ गाउँमा पुगेर भोग माग्दै आएका छन् । चुनावी अभियानमा लागेका शाहीले जुम्लाका स्थानीय तहमा एक फन्को लगाएका छन् ।
शाहीले जुम्लाका आठवटै स्थानीय तहमा चुनाव प्रचार अभियानमा एक पटक फन्को मारेका हुन । राप्रपाको आयोजनामा थालिएको चुनावी अभियानमा स्थानीयतमा भेटघाट गरिएको शाहीले बताए । उनले एक पटक जिल्लाभर प्रचार गरिएको र आफुले जित्ने दावी समेत गरेको हुन् ।
संघीय निर्वाचनका उम्मेदवार शाहीको प्रचार अभियान अन्तरगत साउन २८ गते सिंजा गाउँपालिका, २९ गते कनकासुन्दरी गाउँपालिका, ३० गते हिमा गाउँपालिका ३१ गते तिला गाउँपालिका, १ गते तातोपानी गाउँपालिका, २ गते गुठिचौर गाउँपालिका र ३ गते पातारासी गाउँपालिकामा चुनावी प्रचार अभियान कार्यक्रम पहिलो चरण सम्पन्न गरेका छन् ।
संघीय निर्वाचनमा सबैभन्दा पहिला उम्मेदवारी घोषणा गरेका शाहीले आफ्नो निर्वाचन क्षेत्र जुम्लाको सदरमुकाम खलंगामा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
’सबै स्थानीय तहमा घुमेर आउँदा चुनाव जित्नेका अब कुनै दुबिधा छैन,’ उनले भने, ’यसपालि आम नागरिकले एक भोट मलाई दिएर जुम्मालाई जिताउने भन्नुभएको छ।’
जिल्लाभरको जनमत सर्वेक्षण गरिसकेपछि जुम्ला सदरमुकाममा सम्पर्क खोलिएको उनले बताए । उक्त अवसरमा पत्रकारहरुसँग बोल्दै उनले भने, ’एक पटक राष्ट्रको नेतृत्व जुम्लाले गर्ने गरी भोट दिन अनुरोध छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्ता समेत रहेका उनी सिंजा गाउँपालिका पिगीका बासिन्दा हुन । अभियानता बनेर ख्याती कमाएका उनी देशभर लोकप्रिय छन् ।
आफ्नो लोकप्रियतालाई संस्थागत गर्न निर्वाचनमा होमिएको उनले बताए । उनले थपे, ’यतिबेला पार्टी र विपार्टी भन्ने समय होइन। मैले गर्न सक्ने ठानेर जुम्ली जनताले मलाई नै भोट दिने बताइरहेका छन् ।’

तपाईको प्रतिक्रिया